PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

इमर्जिङ टिम्स एसिया कप : वर्षाका कारण नेपाल र भारतबिचको खेल रद्द



पहिलोपोस्ट

इमर्जिङ टिम्स एसिया कप : वर्षाका कारण नेपाल र भारतबिचको खेल रद्द
Photo: ACC

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको समूह ‘ए’को खेलमा नेपाल र भारत ‘ए’बिचको खेल रद्द भएको छ। हङकङको मङकङस्थित मिसन रोड ग्राउन्डमा वर्षाका कारण टस नै हुन नसक्दा खेल रद्द भएको हो।

बिहीवार नै समूह ‘ए’को पहिलो खेलमा पनि वर्षाका कारण पाकिस्तान र घरेलु टोली हङकङले अंक बाँडेका थिए।

योसँगै नेपाल रहेको समूह ‘ए’मा समान ३ अंक जोडेर भारत ‘ए’ र पाकिस्तान ‘ए’ शीर्ष दुई स्थानमा छन्। त्यस्तै, समान १ अंक जोडेका नेपाल र हङकङ तालिकाको तेस्रो र चौथो स्थानमा छन्।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग पराजय ब्यहोरेको थियो। भारतले भने हङकङमाथि फराकिलो जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। समूह ‘ए’को अन्तिम दुई खेलमा भारत र पाकिस्तान तथा नेपाल र हङकङ भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell