PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट



पहिलोपोस्ट

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँ बानेश्वरमा बिहिवार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो। बिपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका थिए।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसँगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने बिषयमा पनि कुराकानी भएको थियो। 
यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेता निधिले दुई देशबीच भएका सम्झौता शिघ्रातीशिघ्र कार्यान्वयन हुने बिश्वास व्यक्त गरेका थिए। राजदूत खनानले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिएका थिए।  

नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स निर्माणको लागि समझदारी भएर नेपालले त्यसको लागि ठाउँहरु उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell