
काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली फिलिपिन्स पुगेको छ। पौने ५ बजे मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा सुरु हुने खेलमा सुरुवाती ११ मा नेपाली टोलीबाट दुई जना खेलाडीले डेब्यु गर्दैछन्।
लाकेन लिम्बू र विमल पाण्डेले पहिलोपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धामा उत्रन लागेका हुन्। लिम्बूले शहीद स्मारक ए डिभिजनल लिगमा थ्री स्टार क्लबबाट प्रभावशाली प्रदर्शन गरेका थिए। त्यस्तै पाण्डेले त्रिभुवन आर्मी क्लबबाट सेन्टर डिफेन्समा राम्रो प्रदर्शन गर्दै आएका छन्।
मैत्रीपूर्ण खेल यहाँबाट हेर्न सकिने एन्फाले जनाएको छ।
नेपालको सुरुवाती ११
कप्तान किरण चेम्जोङ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, पुजन उपरकोटी, एरिक बिस्ट, लाकेन लिम्बू, आयूस घलान, नवयुग श्रेष्ठ र अञ्जन बिष्ट