काठमाडौं : विश्वकप छनोटको वार्मअप म्याचमा ओमनले नेपाललाई २ सय ६८ रनको चुनौती प्रस्तुत गरेको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको हो।
पावर प्लेमा नेपाली बलरले शीर्ष क्रमको ओमानी ब्याट्सम्यानलाई दबावमा राखे पनि कप्तान जेसन मक्सुदले धैर्यतापूर्ण खेल खेल्दै शतकीय इन्निङ्स खेल्दै टोलीलाई राम्रो योगफलतर्फ डोहोर्याए।
शीर्ष क्रममा कश्यप प्रजापति १ रन बनाएर आउट हुँदा जतिन्दर सिंह ५ रन तथा अक्विब इल्लियास शुन्य रनमै आउट भए। त्यस्तै नदीम १ रनमा आउट हुँदा ओमनको शीर्षक्रम धर्मराएको थियो। त्यस्तै सोएब खानले ३८ रन बनाउँदा सन्दीप गोउडले १५ रन बनाए।
ओमनको पारि उकास्ने मक्सुदले सर्वाधिक १०९ रन बनाउँदा आयान खानले ५६ रन बनाए। उनले सोएब खानसँग ८४ र आयान खानसँग ११५ रनको साझेदारी गरे।
सोमपाल कामीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट र करण केसी र प्रतिश जिसीले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।