PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा गर्मी बढेको छ। मनसुन भित्रिएर वर्षाले केही राहत दिए पनि गर्मीले छोडेको छैन। साँझपख अलि शीतल भएपछि मानिसहरु डुल्न हिँड्छन् नजिकैको सार्वजनिकस्थल र पार्क तिर। कमलपोखरीमा पनि त्यही सेरोफेरोमा भिड लाग्छ मानिसहरुको।

स्थानीयदेखि युवायुवतीहरु घुम्न पुग्छन् पोखरी। काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई परम्परागत 'लुक्स' मा नयाँ बनाएपछि यहाँको रौनक नै फेरिएको छ। त्यसैले काठमाडौंमा साँझपख घुम्ने क्षेत्रमा थपिएको छ कमलपोखरीको नाम पनि।

जब सन्ध्या हुँदै जान्छ तब कमलपोखरी र वरिपरिका सत्तल बत्तीले जगमगाउँछ। मानिसहरु पनि साथीभाइसँग दिनभर कामको थकानपछि एकछिन 'लिजर मुड'मा रमाउन यहाँ पुग्छन्। चियाको चुस्कीसँगै रमाउनेको पनि कमी हुन्न यहाँ।



ट्रेन्डिङ पोस्ट

Ncell