PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विश्वकप छनोट अघि वार्मअफ खेलमा नेपालले ओमनलाई हरायो



पहिलोपोस्ट

विश्वकप छनोट अघि वार्मअफ खेलमा नेपालले ओमनलाई हरायो
फाइल फोटो

काठमाडौँ: विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले प्रतियोगिता अघि 'वार्मअफ' म्याचमा नेपालले ओमनलाई हराएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा सम्पन्न खेलमा नेपालले ओमनलाई दुई विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको हो।

पावर प्लेमा नेपाली बलरले शीर्ष क्रमको ओमानी ब्याट्सम्यानलाई दबावमा राखे पनि कप्तान जेसन मक्सुदले धैर्यतापूर्ण खेल खेल्दै शतकीय इन्निङ्स खेल्दै टोलीलाई राम्रो योगफलतर्फ डोहोर्‍याए।

शीर्ष क्रममा कश्यप प्रजापति १ रन बनाएर आउट हुँदा जतिन्दर सिंह ५ रन तथा अक्विब इल्लियास शुन्य रनमै आउट भए। त्यस्तै नदीम १ रनमा आउट हुँदा ओमनको शीर्षक्रम धर्मराएको थियो। त्यस्तै सोएब खानले ३८ रन बनाउँदा सन्दीप गोउडले १५ रन बनाए।

ओमनको पारि उकास्ने मक्सुदले सर्वाधिक १०९ रन बनाउँदा आयान खानले ५६ रन बनाए। उनले सोएब खानसँग ८४ र आयान खानसँग ११५ रनको साझेदारी गरे।

सोमपाल कामीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट र करण केसी र प्रतिश जिसीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेलको शतकको सहायतामा नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। नेपालका लागि भुर्तेलले सर्वाधिक १०१ रन बनाएर रिटायर्ड हर्ट भए। त्यस्तै आशिफ शेखले २३ रन बनाउँदा भीम सार्कीले ५६ रनको अर्धशतकीय इन्निङ्स खेले। कप्तान रोहित पौडेलले ३१ तथा दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए। ओमनका लागि अक्विब इल्लियासले ४ विकेट लिँदा फैयाज बटले २ तथा करिमुल्लाहले १ विकेट लिए।

४ अभ्यास खेल खेल्दा तीन हार र अन्तिम खेलमा जित निकालेको नेपालले विश्वकप छनोटमा जिम्बावेविरुद्ध पहिलो खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell