PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई



पहिलोपोस्ट

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई
तस्बिर: राखेप

काठमाडौँ: किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले विदाइ गरेका छन्।

नेपाली टोली शुक्रवार किर्गिस्तान जाने कार्यक्रम रहेको छ।

बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन चन्द, टेक राज अवस्थी, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, दुर्गा बहादुर खड्का, सफल बिश्वकर्मा, हरी बहादुर अधिकारी, राजेन्द्र बिष्ट र हरिहजुर थापा रहेका छन् । यस्तै टिम प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell