PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

भुवन केसीले भने : बालेनलाई मेरो पूर्ण समर्थन छ



पहिलोपोस्ट

भुवन केसीले भने : बालेनलाई मेरो पूर्ण समर्थन छ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भारतीय फिल्म ‘आदिपुरुष’ महानगरका हलहरुमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। सो फिल्ममा भएको ‘जानकी भारतकी छोरी’ भन्ने वाक्य भारतमा समेत हटाउनुपर्ने नत्र महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले चेतावनी दिएका हुन्।

सेन्सर बोर्डले भने सो वाक्य हटाउन लगाएर फिल्मलाई प्रदर्शन अनुमति समेत दिइसकेको छ। बालेनको सो कदमको समर्थन र विरोध भइरहँदा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले बालेनको समर्थन गरेका छन्।

‘बालेनको कुरामा मेरो पूर्ण समर्थन छ। बालेनजी उठाउनु भएको कुरा एकदम जायज छ। संसारभरि नै यो कुरा सच्चिएर सिनेमा चल्दा राम्रो हो।भारतमा मात्रै होइन् सबैतिर सच्चिएर आउनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने।

चलचित्र विकास बोर्ड र केन्द्रीय चलचित्र जाँच समिति फरक निकाय भएको भन्दै उनले बोर्डले यस्ता किसिमका संवेदनशील विषयमा राम्रोसँग ध्यान दिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell