PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दै वाग्मती सरकार



पहिलोपोस्ट

आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दै वाग्मती सरकार

हेटौंडा : वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा शुक्रवार दिउँसो ३ बजे प्रस्तुत हुँदैछ। बजेट प्रस्तुतका लागि सबै तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ।

शुक्रवार दिउँसो मन्त्रिपरिषद् बैठकले बजेटका बारेमा निर्णय गरेलगतै बजेट प्रस्तुत गरिनेछ। वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रस्तुत गर्ने कार्यसूची छ।

मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेशसभा बैठकको सम्भावित कार्यसूची तय भएको छ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ।

प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्य गरी राजस्व सङ्कलन हुने मालपोत र सवारी करमा ह्रास आउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। प्रदेशको राजस्व सङ्कलनमा कमीसँगै सङ्घबाट प्राप्त हुने अनुदान घट्ने भएपछि आगामी आर्थिक वर्षको बजेटको आकारसमेत घट्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell