PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

विचार मिल्नेसँग मोर्चा बनाउने समझदारी : बाबुराम



पहिलोपोस्ट

विचार मिल्नेसँग मोर्चा बनाउने समझदारी : बाबुराम

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे समझदारी बनेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तामा विचार मिल्नेको मोर्चा बनाउने सहमति भएको भट्टराईले बताएका हुन्। समाजवादी मोर्चाबाट भट्टराई अलग्गिएको चर्चा भएपछि उनले प्रचण्डसँग भेटेरै समझदारी भएको जनाएका छन्। 'समाजवादी मोर्चा निर्माण गर्न। विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी,' भट्टराईले ट्वीटमा भनेका छन्। उनले प्रचण्डको भारत भ्रमण, बजेट र शान्ति प्रक्रियाका बाँकी काम बारे पनि कुराकानी भएको उल्लेख गरेका छन्।

 

 

 

केही समय यता प्रचण्ड- बाबुरामकै पहलमा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलले मोर्चा बनाउन कसरत गरिरहेका छन्। तर मोर्चामा सहभागी हुने भनिएका दलभित्रकै नेताले उक्त मोर्चाबारे प्रश्न गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell