PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

दाङमा जीप दुर्घटना : चालकको मृत्यु,  ६ जना गम्भीर घाइते



पहिलोपोस्ट

दाङमा जीप दुर्घटना : चालकको मृत्यु,  ६ जना गम्भीर घाइते
प्रतीकात्मक फोटो

बुटवल : दाङको तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक रोल्पाको गंगादेव गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय विष्णु पुन रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका–१ ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप शुक्रबार बिहान साढे १० बजेतिर सडकदेखि ६० मिटर तल खसेको थियो। जीपमा १० जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेमध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको छ भने अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell