PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

सरोज खनालले निर्देशनमा डेब्यू गरेको फिल्म ‘बगान’ असार २९ बाट प्रदर्शन हुने



पहिलोपोस्ट

सरोज खनालले निर्देशनमा डेब्यू गरेको फिल्म ‘बगान’ असार २९ बाट प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘बगान’को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। कलाकार सरोज खनालको डेब्यू निर्देशन रहेको यो फिल्म असार २९ गतेबाट रिलिज पक्का भएको हो।

यस फिल्ममा सरोजका साथै बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठको अभिनय रहेको छ।

सुरेश वाग्ले निर्माता रहेको फिल्मको पटकथा निर्देशक खनालले नै लेखेका हुन्। त्यस्तै, कार्यकारी निर्माता भने विनोद मानन्धर हुन्।

सोही मितिबाट यस फिल्मलाई अमेरिकासहित नेपालीको बसोबास रहेको विभिन्न देशहरुमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ। यस फिल्मलाई रिच इन्टरटेन्मेन्ट र डीसीएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell