PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

हरिकृष्ण बने नेपालको ३० औं प्रधानन्यायाधीश, केहीबेरमै शपथ



पहिलोपोस्ट

हरिकृष्ण बने नेपालको ३० औं प्रधानन्यायाधीश, केहीबेरमै शपथ

काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। संसदीय सुनुवाई समितिले शुक्रवार नै कार्कीलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको थियो। आजै ५ बजे कार्कीको शपथका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा रहेका कार्कीलाई संवैधानिक परिषदले वैशाख २५ मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।

उनी छोटो कार्यकालयका लागि पदमा नियुक्त भएका हुन्। कार्कीलाई विभिन्न आरोप लगाएर २९ वटा उजुरी परेका थिए। उजुरीमाथि संसदीय सुनुवाइ समितिले अध्ययन गरेको थियो। उनी नेपालको ३० औं प्रधानन्यायाधीश भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell