PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

‘आदिपुरुष’ को आपत्तिजनक अंश हटाउन सञ्चार मन्त्रालयलाई बालेनको अनुरोधपत्र



पहिलोपोस्ट

‘आदिपुरुष’ को आपत्तिजनक अंश हटाउन सञ्चार मन्त्रालयलाई बालेनको अनुरोधपत्र

काठमाडौं : दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश आपत्तिजनक अंश हटाउन पहलको लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन'ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएका छन्। फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश फिल्मको मुल भागबाट हटाउन पहल गर्नुपर्ने उनको माग छ।

चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको तर्क छ।महानगरपालिकाभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा उक्त चलचित्र प्रदर्शन हुन दिँदा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ छ।

नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कुटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन पनि उनले जोड दिएका छन्। साथै, फिल्मबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न समेत पत्रमार्फत आग्रह गरेका छन्। पत्रमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र चलचित्र विकास बोर्डलाई पनि बोधार्थ गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell