PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राष्ट्रपति पौडेल समक्ष नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ



पहिलोपोस्ट

राष्ट्रपति पौडेल समक्ष नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित एक समारोहकाबीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्।

उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरुको उपस्थिति थियो। यसअघि आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell