PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

८ अर्बले घटेर आयो वाग्मती प्रदेशको बजेट, भौतिक पूर्वाधार मन्त्रालयलाई धेरै रकम



पहिलोपोस्ट

८ अर्बले घटेर आयो वाग्मती प्रदेशको बजेट, भौतिक पूर्वाधार मन्त्रालयलाई धेरै रकम

हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेको छ। शुक्रवार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको हो।

चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको छ। आगामी आर्थिक वर्षको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब ७० करोड २७ लाख र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको अर्थमन्त्री बहादुरसिं लामाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। कुल विनियोजित बजेटमध्ये चालुतर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ शून्य दशमलब ८ प्रतिशत रहेको अर्थमन्त्री लामाले बताए।

वाग्मती प्रदेशका ११ वटा मन्त्रालयमध्ये सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई दिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१ अर्ब ६६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ।

बाग्मतीको बजेट पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell