बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार २ अर्ब १६ करोड ६७ लाख ४३ हजारले घटाएको छ।
शुक्रवार आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगतर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजारको बजेट प्रस्तुत गरेका हुन्। जुन बजेट चालुतर्फ ३३.६८ प्रतिशत र पूँजीगत तर्फ ५७.४५ प्रतिशत हुन आउछ।
आर्थिक स्थायित्व, कृषिको यान्त्रिकीकरण गरी प्रवर्द्धन गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा विशेष जोड, लगानीमैत्री वातावरण बढाउने, निजी क्षेत्रसँग सहकार्य बढाउने लक्ष्य राखेर बजेट ल्याइएको मन्त्री मास्कीले बताए।
प्रदेश सरकारले खर्च बर्होने स्रोत आन्तरिक राजश्वतर्फ ६ अर्ब ७३ करोड ५१ लाख, संघीय राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टीबाट २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरेको छ।
संघीय वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड र चालु आर्थिक वर्षको नगद मौजादाबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने प्रदेश सरकारको अनुमान छ।
हेर्नुहोस् बजेटको पूर्णपाठ :