PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शरणार्थी प्रकरणमा १६ जना जेल पुग्दा छुटेका को हुन् दुई जना?



पहिलोपोस्ट

शरणार्थी प्रकरणमा १६ जना जेल पुग्दा छुटेका को हुन् दुई जना?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा टंक गुरुङ १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले बाँकी १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

यस प्रकरणमा ५ लाखमा छुटेकी लक्ष्मी प्रहरी सई हुन्। प्रहरी आस्पतालमा उनी नर्सका रुपमा कार्यरत छिन्। उनका श्रीमानले उनको खाता प्रयोग गरेको खुलेपछि सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। लक्ष्मीका श्रीमान हरिभक्त भने कारागार चलान भएका छन्।

त्यस्तै टंक गुरुङको भने सहयोगी भूमिका देखिएको थियो। पाँचथरका गुरुङले अभियुक्त केशवप्रसाद दुलालसँग सहयोगी भूमिका निभाएको देखिएको छ। ललितपुरको धापाखेलस्थित केशवको निर्माणाधीन घर नजिकै गुरुङको घर छ। दुलाल गुरुङको घरमा डेरामा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell