PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

बजेटमा मधेस प्रदेश सरकारको नारा ‘हरेक खेतमा पानी, किसानको आम्दानी’



पहिलोपोस्ट

बजेटमा मधेस प्रदेश सरकारको नारा ‘हरेक खेतमा पानी, किसानको आम्दानी’

जनकपुरधाम : मधेस प्रदेश सरकारले प्रदेश सरकारले ‘हरेक खेतमा पानी, किसानको आम्दानी’ नारा प्रस्तुत गरेको छ। यसै नारा अन्तरगत सरकारले कृषिमा विद्युतीकरणको लागि ४० करोड बजेट छुटयाएको छ। अर्थमन्त्री सञ्जयकुमार यादवले अगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि मिटरको लागि ४० करोड रकम छुट्याएका हुन्।

अगामी आर्थिक वर्षमा ‘एक टोल, एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा, एक विशेष उत्पादन’ र ‘एक पालिका, एक उत्पादन क्षेत्र नमूना कार्यक्रम’को लागि १० करोड बजेट विनयोजन गरेका छन्।

सरकारले अगामी आर्थिक वर्षमा किसान कार्ड समेत वितरण गर्ने भएको छ। मुख्यमन्त्री किसान उत्थान कार्यक्रमको लागि १५ करोड रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell