PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

वाग्मतीको बजेटमा प्रारम्भिक प्रतिक्रिया, नेता थपलिया भन्छन् :  ढुलमुले, छैन गति दिने खालको



पहिलोपोस्ट

वाग्मतीको बजेटमा प्रारम्भिक प्रतिक्रिया, नेता थपलिया भन्छन् :  ढुलमुले, छैन गति दिने खालको

हेटौँडा : वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वाग्मती प्रदेशको बजेटले प्रदेशको विकास संभव नभएको टिप्पणी गरेका छन्। शुक्रवार सरकराले ल्याएको बजेटको प्रतिक्रिया दिँदै नेता थपलियाले सरकारले ल्याएको बजेट अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको बताएका छन्।

सञ्चारकर्मीहरुसँको कुराकानीमा नेता थपलियाले बजेट ढुलमुले र कुनै गति प्रदान गर्ने खालको नभएको दाबी गरे। बजेटले दिगो विकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको भन्दै नेता थपलियाले बजेट परीक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थीजस्तै बिगतमा बजेट र अन्य प्रदेशको टुक्राटुक्रा जोडेर पेश गरिएको जस्तो रहेको बताए। बजेटले खाद्य सुरक्षा, सरसफाइ, रोजगारीलाई मर्यादा दिने, असमानता हटाउने कुनै ठोस योजना नभएको पूर्वाधार आवास ब्यबस्थापनमा कुनै योजना नभएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell