PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पोखरामा ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’ हुँदै, विजेताले ३० लाख पाउने



पहिलोपोस्ट

पोखरामा ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’ हुँदै, विजेताले ३० लाख पाउने
Photo : Binod Dhungana

पोखरा : ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’को आयोजना पोखरामा हुने भएको छ। असार ८ र ९ गते पोखरा फेवातालमा हुने दक्षिण एसियामौ पहिलोपटक यस किसिमको फेस्टिबल हुन लागेको हो।

यस फेस्टिबलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगितामा सहभागि हुनेछन्। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।

फेस्टिबल मार्फत चिनियाँ पर्यटकको संख्या बढाउने आशा राखेको र त्यसले पोखराको पर्यटन क्षेत्रमा आशा जगाउने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताए। उनको भनाईमा सहमति राख्दै नेपालका लागि चिनियाँ दूतावासका डेपुटि चिफ अफ मिसन (डिसिएम) वाङ सिनले दुई देशबिचको सम्बन्धलाई प्रगाढ बनाउँदै पोखरामा चिनियाँ पर्यटकको संख्या बढ्ने बताए। यस्तै, यस्ता कार्यक्रमले पोखराको पर्यटनमा अर्थपूर्ण भूमिका खेल्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

प्रतियोगिताको लागि चीनबाट ६० जनाको टोली चाटर्ड विमानमा पोखरा आउँदैछन् । पोखरासँग भगिनी सम्बन्ध भएको चीनको लिङजी नगरका उपप्रमुखसहित ६० जनाको टोली चाटर्ड उडानबाट पोखरा आउन लागेका हुन्। यस्तै प्रतियोगितको लागि चीनबाट ८ वटा विशेष डुंगा पोखरा ल्याइसकिएको छ। प्रतियोगिताका विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell