PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोडको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन



पहिलोपोस्ट

मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोडको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट विनियोजन गरेको छ।

शुक्रबार अर्थमन्त्री संजयकुमार यादवले मधेश प्रदेशसभामा प्रस्तुत गरेका वार्षिक आयव्यय विवरणमा चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन गरेको बताए। यसैगरी पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८.२५ प्रतिशत, वित्तिय व्यवस्थातर्फ २० करोड अर्थात ०.४५ प्रतिशत विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त ११ अर्ब ३८ करोड १९ लाख र समानीकरण वापत प्राप्त अनुदान ७ अर्ब ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्ब न्यून हुने देखिन्छ। सो न्यून पूर्ती गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९-८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell