PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

नेपालमा पहिलोपटक भेटियो ‘मंकिपक्स’ सङ्क्रमित, विदेशी महिलामा देखियो भाइरस



पहिलोपोस्ट

नेपालमा पहिलोपटक भेटियो ‘मंकिपक्स’ सङ्क्रमित, विदेशी महिलामा देखियो भाइरस
Photo : National Eczema Association/ Shutterstock

काठमाडौं : नेपालमा पहिलो पटक ‘मंकिपक्स’ भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै ‘मंकिपक्स’ भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिएका हुन्।

'एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो', उनले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, 'ती महिलाको शरीरबाट नमूना सङ्कलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको हो।'

‘मंकिपक्स’को बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ। ‘मंकिपक्स’ विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।

यो ‘मंकिपक्स’ भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि ‘मंकिपक्स’ मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell