PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोलको मूल्य, डिजलमा ३४ पैसा बढ्यो



पहिलोपोस्ट

भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोलको मूल्य, डिजलमा ३४ पैसा बढ्यो
FILE PHOTO

काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको हो।

भारतले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुनेछ। यसले निगमलाई मासिक ३ अर्ब ५० करोड नाफा हुने देखिएको छ।

यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १२ रुपैयाँ र डिजेल लिटरमा १५ रुपैयाँ नाफा रहने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। सोहीअनुसार आइओसीले हरेक १५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell