काठमाडौं : कालोमोसो नेपाल कन्द्रीय कार्यालय स्थापना गरेको भन्दै प्रहरीले एक्सन लिएको छ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बाइपास रोडमा केही समूहले कालोमोसो नेपाल केन्द्रीय कार्यालय स्थापना गरेका थिए। जसको नेतृत्व शम्भु थापाले लिएका थिए।
४० जनाभन्दा बढी सङ्ख्यामा कालोमोसो भन्ने संगठनको ब्यानर लिएर मानिस जम्मा भएको सूचना प्रहरीले पाएको थियो। त्यसपछि उक्त समूहलाई हटाएर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुरका नित्यानन्द रिजाल (जिल्ला संयोजक), शम्भु थापा (केन्द्रीय अध्यक्ष) र नबिन गैरे (वाग्मती प्रदेश संयोजक)लाई नियन्त्रणमा लिएको हो।
व्यवसायी दुर्गा प्रसाईँले बैङ्क तथा वित्तीय संस्थालाई लक्षित गरेर कालो मोसो दल्न समिति बनाएको घोषणा गरेका थिए। चितवन संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको थियो।