PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

ओलीको दाबी : कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा



पहिलोपोस्ट

ओलीको दाबी : कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउनका लागि समाजवादी मोर्चा बन्न लागेको बताएका छन्। नव प्रवेशीलाई पार्टीमा स्वागतका लागि पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग मुकाबिला गर्नु मोर्चाको अर्को उद्यश्य भएको बताए। 'समाजवादी मोर्चा बनाएर हुन्छ के? एउटा एमालेसँग मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउन,' ओलीले भने।

ओलीले सहकार्य गरिरहेका दलहरुका बिचमा मोर्चाबन्दि गर्नु आवश्यक नभएको टिप्पणी गरे। 'लिभिङ टुगेदर त चलेकै छ त मोर्चा किन?,' उनले भने। ओलीले आफूले राष्ट्रिय शक्ति निर्माण गर्न खोजेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले समाजवादी मोर्चाको घोषणाको तयारी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell