PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तिनाउ खोलामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु



पहिलोपोस्ट

तिनाउ खोलामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु

बुटवल : तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ। गुल्मीको सत्यवती गाउँपालिका-७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरुसँग पौडी खेल्ने क्रममा परियार डुबेका थिए। प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेपछि दोभानबाट उनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। 

उपचारका लागि उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell