PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

ड्रयागन बोट फेस्टिबलका लागि छन्तुबाट पोखरा सिधा उडान



पहिलोपोस्ट

ड्रयागन बोट फेस्टिबलका लागि छन्तुबाट पोखरा सिधा उडान
सांघाईमा आयोजित विश्वविद्यालय स्तरीय अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ड्र्यागन बोट कम्पिटिसन्।

सांघाई : जुन २१ मा चिनियाँ शहर छन्तुबाट पोखराका लागि सिधा उडान हुने भएको छ। बेइजिङ स्थित नेपाली दूतावासका अनुसार पोखरामा आयोजना हुने ड्रयागन बोट फेस्टिबलका लागि चार्टर्ड उडान हुन लागेको हो। 

चिनियाँ ड्रयागन बोट फेस्टिबलमा पोखरामा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुँदैछ। प्रतियोगितामा चीनका युनान नर्मल युनिभर्सिटी, सिचुवान प्रान्तको लुझौ नगरपालिका र सिंगापुरको टोली सहभागि हुँदैछन्।

प्रतियोगितामा कूल ८ टिम सहभागी हुँदैछन्। नेपाल चीन सांस्कृतिक आदान प्रदानका लागि प्रतियोगिता आयोजना हुन लागेको दूतावासले जनाएको छ। प्रतियोगितामा सहभागी टोलीले २०० र ५०० मिटर रेसमा प्रतिस्पर्धा गर्नेछन्। 

सो क्रममा पोखरामा फड फेस्टिबल तथा अन्य सांस्कृतिक कार्यक्रम हुनेछन्। सांस्कृतिक कार्यक्रममा तिब्बतको लिचि आर्ट ट्रुपले प्रस्तुती दिने दूतावासले जनाएको छ। 

यसैबिच दूतावासले चीनबाट २० पत्रकारलाई कार्यक्रममा सहभागी गराउने भएको छ। नेपालको पर्यटन प्रवर्द्धनका लागि भन्दै २० चिनियाँ पत्रकारलाई कार्यक्रममा सहभागी गराउने भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell