PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अझै सङ्घीय सरकारकै अनुदानको भरमा कर्णाली प्रदेश सरकार, आन्तरिक आम्दानी कमजोर



पहिलोपोस्ट

अझै सङ्घीय सरकारकै अनुदानको भरमा कर्णाली प्रदेश सरकार, आन्तरिक आम्दानी कमजोर

काठमाडौं : कर्णाली प्रदेश सरकार सङ्घीय सरकारकै अनुदानको भर पर्नुपर्ने अवस्था छ। प्रदेशको आन्तरिक आम्दानी कमजोर हुँदा सङ्घ सरकारकै अनुदानका भरमा प्रदेश सरकार रहेको हो।

आम्दानी वृद्धि हुने खालका ठोस योजना नल्याइँदा आन्तरिक आम्दानी कमजोर देखिएको हो। जसले गर्दा प्रदेश सरकार पूर्णरूपमा सङ्घीय सरकारको अनुदानको भरमा पर्नुपरेको देखिएको छ।

प्रदेश सरकार गठनपछि कर्णाली प्रदेश सरकारको पाँच वर्षको आन्तरिक आम्दानी दुई अर्ब १३ करोड २० लाख रुपैयाँमात्रै देखिन्छ । जबकी सरकारले बितेका पाँच आर्थिक वर्षमा एक खर्ब ३३ अर्ब ९४ करोड ४७ लाख ४२ हजार रुपैयाँको बजेट ल्याएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा कर्णाली सरकारले पाँच वर्षमा ल्याएको बजेट आकार ठूलो र आन्तरिक आम्दानी कमजोर रहेको उल्लेख छ। सङ्घीय सरकारकै भरमा प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन पनि नभएको देखिएको छ।

पाँच वर्षको बजेटको संरचना हेर्दा चालुतर्फ ३६ दशमलव ७९ प्रतिशत र पुँजीगततर्फ ६३ दशमलव २१ प्रतिशत विनियोजन भएकामा चालुतर्फ ६० दशमलव १४ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ ५२ दशमलव ५९ प्रतिशतमात्रै खर्च भएको छ।

चालु वर्षको बजेट खर्च पनि कमजोर रहेको पाइएको छ। गत जेठ मसान्तसम्म चालुतर्फ ४८ दशमलव १० प्रतिशत र पुँजीगततर्फ ३४ दशमलव ६१ प्रतिशतमात्रै खर्च भएको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बताएर। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म लक्ष्यको ७४ दशमलव ६२ प्रतिशत अर्थात् रु ५३ करोड २० लाख राजस्व सङ्कलन भएको उनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell