PahiloPost

May 15, 2024 | २ जेठ २०८१

आदिपुरुषका पटकथा लेखकको विवादित अभिव्यक्ति : नेपाल र भारतको राष्ट्रियता एउटै हो



पहिलोपोस्ट

आदिपुरुषका पटकथा लेखकको विवादित अभिव्यक्ति : नेपाल र भारतको राष्ट्रियता एउटै हो
Photo : Koimoi

भारतीय फिल्म आदिपुरुषलाई लिएर नेपालम विवाद भइरहँदा सो फिल्मका पटकथा लेखक मनोज मन्तुशिरले विवादित बयान दिएका छन्। उनले नेपाल सन् १९०३/४ अघि भारतकै भूमि रहेको र त्यसपछि अलग भएको भन्ने मिथ्या तर्क गरेका छन्।

आदिपुरुषमा सीतालाई 'भारतकी छोरी' भनिएकोमा विरोध भइरहँदा मनोजले विवादलाई थप बढाउने गरि अभिव्यक्ति दिएका हुन्।

आजतकसँगको अन्तर्वार्तामा उनले सीताको जन्मबारे नेपालले भइहेको विरोधको बारेमा बुझ्न नसकेको बताएका हुन्। नेपालमा सेन्सर बोर्डले सीताबारे विवादित शब्द हटाएसँगै यो फिल्म नेपालमा रिलिज भएको थियो। काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र शाहले भारतमा पनि सीतालाई लिएर गरिएको संवाद हटाउनुपर्ने नत्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए।

उनले नेपाल र भारतको राष्ट्रियता नै एउटा भएकोसमेत बताएका छन् सो अन्तरवार्तामा। 

यस्तो छ मनोज मुंतशिरले दिएको अभिव्यक्ति

नेपालमा भइरहेको विरोधलाई मैले बुझ्न सकेको छैन। सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतकै हिस्सा थियो। सन् १९०३ वा ४ को कुरा हो, त्यसबखत नेपाल भारतबाट अलग भएको हो।

नेपाल वाज भेरी मच इण्डिया। यो हिसाबले सीता भारतकै छोरी थिइन्। नेपालीको चिन्ता मैले बुझ्न सकेको छैन। तर, एउटा कुरा चाँहि हो नेपाली त हाम्रा भाई नै हुन्। हामी नेपालीलाई अलग मान्दैनौँ। उनीहरुलाई कुनै कुराको आपत्ति छ भने मसँग कुरा गर्नुहोला। यो कुरा गर्दा जानकी भारतकै बेटी थिइन् भनेर सम्झाउन सक्छु।

र, राष्ट्रको हिसाबले नेपाल र भारत आज पनि अलग छैनन्। देश र सीमा अलग भए पनि राष्ट्रियताको रुपमा यी दुई देश एउटै हुन्। भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell