PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

कालिगण्डकी नदीमा बेपत्ता भएकी बालिका मृत फेला



पहिलोपोस्ट

कालिगण्डकी नदीमा बेपत्ता भएकी बालिका मृत फेला
फाइल फोटो।

बुटवल : पाल्पाको रामपुर नगरपालिका-८ भुजातस्थित कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छन्। गत बिहीवार दिउँसो सोही ठाउँकी १४ वर्षीया पार्वती रामजाली नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन्।

आइतवार बिहान रामपुर नगरपालिका-८ आँपचौरमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। डुबेको स्थानदेखि अन्दाजी १ किलोमिटर तल कालिगण्डकी नदीमा बालिकाको शव फेला परेको उनले बताए।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell