PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था?



पहिलोपोस्ट

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था?

काठमाडौं : मुटुको चाल 'मनिटरिङ' गर्न अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। शनिवार बिहानै राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका हुन्।

'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू मिति २०८० असार २ गते बिहानदेखि यस सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्छ। उहाँको मुटुको चालको निगरानी भइरहेको छ,' सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिकामा भनिएको छ, 'सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ।'

जेठ ३० मामात्र राष्ट्रपति पौडेल छाती दुखेर काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। अस्पतालमा भर्ना हुनासाथ पौडेलको छातीको एनजिओग्राम गरिएको थियो। भोलिपल्टै जेठ ३१ गते पौडेल अस्पतालबाट डिस्चार्ज भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell