PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

‘मैदानमै आउँदै छ टिम नेपाल’ गीत गाएकी रचना रिमाल भन्छिन् : सबै काम छाडेर गेम हेर्न बस्या छु



पहिलोपोस्ट

‘मैदानमै आउँदै छ टिम नेपाल’ गीत गाएकी रचना रिमाल भन्छिन् :  सबै काम छाडेर गेम हेर्न बस्या छु

काठमाडौं : क्रिकेट विश्वकप छनोटका खेलहरु आजबाट जिम्बावेमा सुरु हुँदैछ। नेपालले घरेलु टोली जिम्बावेसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ।

प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिन गायिका रचना रिमालले ‘मैदानमै आउँदै छ टिम नेपाल’ भन्ने गीत युट्युबमा सार्वजनिक गरेकी छिन्। नेपाली क्रिकेट टोलीले पछिल्लो समय एसीसी प्रिमियर कपमा र क्रिकेट विश्वकप लिग २ मा खेल्दाको खेलको भिडियो र दर्शकदीर्घाको दृष्यहरु गीतमा प्रयोग गरिएको छ।

पृथ्वी खनालको शब्दमा रहेको गीतमा रचना रिमाल स्वर सुन्न सकिन्छ। त्यस्तै, र्‍याप भोकल तथा म्युजिक एरेन्जमेन्ट साहस शाक्यको रहेको छ। गीतमा प्रशिक्षक मोन्टी देशाईले प्रयोग गरेको रणनीति ‘वान बल एट अ टाइम’  पनि समेटिएको छ। उक्त गीतलाई युट्युबमा हालसम्म ८६ हजार भ्युज मिलिसकेको छ। 

रचना नेपाली क्रिकेट टोलीको खेल घरेलु मैदानमा हुँदा खेलाडीलाई हौस्याउन पुग्ने गायिका हुन्। मैदानबाहिर पनि क्रिकेट खेलाडीसँग उनको राम्रो सम्बन्ध छ। टिकटक तथा इन्स्टाग्राममा पनि क्रिकेट खेलाडीहरुसँगको फोटोहरु समेत राख्ने गर्छिन् उनी।

क्रिकेटबाहेक पनि फुटबल, भलिबल लगायतका खेलहरु हेर्न रंगशाला पुग्ने गर्छिन्। आजको खेललाई पनि रचनाले फेसबुकमा पोस्ट गर्दै शुभकामना दिएकी छिन्।

गीत र गेमबारे के भन्छिन् रचना रिमाल?

पहिलेदेखि नै म गेम हेर्न मनपराउने। क्रिकेट हेर्न पनि गइरहेको हुन्थें। नेपालको गेमहरु धेरै जसो हेरिरहेकी हुन्थें। धेरै जनाले गीत बनाउ भन्नुहुन्थ्यो। मलाई पनि खेलकै गीत बनाउनुपर्छ लागिरहेको थियो। ठ्याक्कै, पृथ्वी खनाल दाइले एउटा क्रिकेटसम्बन्धी गीत छ, गाउँछौँ बहिनी भन्नुभयो।

खेलसम्बन्धी नै गीत गाउन खोजिरहेको बेला मैले नी हुन्छ भने। त्यसपछि यो गीतको तयारी चलेको हो। १५ दिन अघिमात्रै यो गीत रेकर्ड भएको हो। सुटिङ चाँहि म व्यस्त -व्यस्त भएर अघिल्लो साता मात्रै भएको हो। जसकारण गीत सार्वजनिक हुन केही ढिला भयो। कोरसहरु राखिएको भएर यो भिडियो बनाउन लगभग डेढ लाख लगानी लागेको हो।

आज केही काम नगरीकन गेम हेर्ने भनेर रुममै छु। कुन खेलाडीले राम्रो गर्नेभन्दा पनि नेपालले जितोस् भन्ने मेरो चाहना छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell