PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

अमेरिकी विदेश मन्त्री ब्लिंकन पुगे बेइजिङ



पहिलोपोस्ट

अमेरिकी विदेश मन्त्री ब्लिंकन पुगे बेइजिङ
Photo : Reuters

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन बेइजिङ पुगेका छन्। चीनको दुई दिने भ्रमणका क्रममा उनी आज बेइजिङ पुगेका हुन्। उत्तर अमेरिकी र ओसिनिया मामिला हेर्ने विभागका प्रमुख याङ ताओले ब्लिंकनलाई विमानस्थलमा स्वागत गरेका थिए।

ब्लिंकनले चीनमा रहँदा चिनियाँ विदेश मन्त्री छिन काङ र अन्य वरिष्ठ सरकारी अधिकारीहरु सँग भेटवार्ता गर्नेछन्।

ताइवान, युक्रेन-रसिया युद्ध लगायत विभिन्न विषयमा दुई देशबिच असमझदारी बढिरहेको अवस्थामा ब्लिंकन बेइजिङ पुगेका हुन्।

 

ब्लिंकनको भ्रमण यसअघि फेब्रुअरीमा हुने तय भएको थियो। तर, अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' प्रवेश गरेसँगै दुई देशबिच तनाव बढेको थियो। अमेरिकाले चिनियाँ बेलुनलाई 'जासुसी बेलुन'को संज्ञा दिँदै ब्लिंकनको भ्रमण रद्द गरेको थियो। यद्यपि, चीनले वातावरणीय अध्ययनका लागि खटिएको बेलुनले बाटो बिराएको प्रतिक्रिया दिएको थियो। साथै त्यसबेला विदेश मन्त्री ब्लिंकनको बेइजिङ भ्रमणको मिति तय नभएको भन्दै भ्रमण रद्द गरेको हल्ला मात्र गरेको आरोप लगाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell