A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699572f751dd52.50731625): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699572f751dd52.50731625,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699572f757f774.39561507): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699572f757f774.39561507,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699572f75fe210.18548689): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699572f75fe210.18548689,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ताप्लेजुङ पहिरो : एक जनाको शव भेटियो, बेपत्ताको खोजी र उद्धार कार्य जारी
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

ताप्लेजुङ पहिरो : एक जनाको शव भेटियो, बेपत्ताको खोजी र उद्धार कार्य जारी



पहिलोपोस्ट

ताप्लेजुङ पहिरो : एक जनाको शव भेटियो, बेपत्ताको खोजी र उद्धार कार्य जारी
गएराति मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार। तस्बिरः सन्तोष पुर्कुटी/रासस

काठमाडौं : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ।

पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएका जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति ९ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन्। उनीहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिराले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको छ।

'यादव सिरिजङ्गा गाउँपालिका-५ पेदाङस्थित दिदीको घरमा जानु भएको थियो। पहिराले घरमा रहेका उहाँका श्रीमती, बुहारी र नातिलाई बगाएको हो', उनले भने, 'बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो।'

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका-३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्‍याएको छ। मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell