PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

भुर्तेलपछि आशिफको पनि अर्ध शतक, एक दिवसीयमा नेपालका लागि उनको रेकर्ड अग्रता



पहिलोपोस्ट

भुर्तेलपछि आशिफको पनि अर्ध शतक, एक दिवसीयमा नेपालका लागि उनको रेकर्ड अग्रता
Photo: ICC

काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावेविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले पहिलो र दोस्रो ओभरमा रननै जोड्न सकेन। तेस्रो ओभरबाट नेपालले रन बनाउन सुरु गरेको थियो।

यसपछि भने ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो साझेदारी बनाउन सफल भए।

यसक्रममा भुर्तेलले पहिलो अर्धशतक प्रहार गरे। उनले ६३ बलमा ८ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।

भुर्तेलको यो छैटौँ एकदिवसीय अर्धशतक हो। नेपालका लागि आशिफ शेख र रोहित कुमार पौडेलले समान ८ वटा अर्धशतक बनाउँदा ज्ञानेन्द्र मल्लले ७ वटा अर्धशतक बनाएका छन्।

त्यस्तै अर्का ओपनर आशिफ शेखले पनि अर्धशतक पूरा गरे। उनले २७.५ ओभरमा अर्धशतक पुरा गरे। यसक्रममा उनले ८२ बलमा ५ छक्का प्रयोग गर्दै अर्धशतक पुरा गरे।

योसँगै उनी नेपालको तर्फबाट सर्वाधिक धेरै पटक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। नेपाली टोलीका कप्तान रोहित पौडेल र शेखले समान ८ पटक अर्धशतक बनाएको अवस्थामा शेखको यो अर्धशतक सँग कुल ९ अर्धशतक पुरा भएको छ। यसबाहेक शेखले एकपटक शतक समेत पुरा गरिसकेका छन्।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell