PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

जब १ रनले शतकबाट चुके भुर्तेल...



पहिलोपोस्ट

जब १ रनले शतकबाट चुके भुर्तेल...

काठमाडौं : नेपाली दर्शकलाई निशब्द पार्दै शतकबाट एक रन अघि कुशल भुर्तेल आउट भएका छन्। दोस्रो शतक पूरा गर्ने पहिलो खेलाडी बन्ने अवसरबाट उनी चुकेका हुन्। यद्यपि उनको सुरुवाती खेलले नेपाललाई प्रतियोगितामा बलियो रुपमा अगाडि बढाएको छ।

जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा भुर्तेल शतकबाट एक रनले चुकेका हुन्। उनी ३१.५ ओभरमा १३ चौका र २ छक्काको सहायतामा ९९ रन बनाएर विलिङटन मासाकाट्जाको बलमा आउट भए।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय आशिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात गराएका हुन्।

भुर्तेल नेपालका लागि दोस्रो शतक हान्ने अवसरबाट चुके। नेपालका लागि पारस खड्का, रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले समान १ पटक शतक प्रहार गरेका छन्।

त्यस्तै क्रिजमा रहेका आशिफ शेखले पनि अर्धशतक पुरा गरिसकेका छन्।

३३ औँ ओभरमा नेपालले १ विकेटको क्षतिमा १७१ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell