.jpg)
गत शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालमा दुई दिनमा डेढ करोडको व्यापार गरेको छ। यस फिल्मले दुई दिनमा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए।
रिलिजअघि नै ‘आदिपुरुष’ नेपालमा विवादित बनेको थियो। फिल्ममा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि यो फिल्म विवादमा तानिएको थियो।
नेपालमा सेन्सर बोर्डले सीताबारे विवादित शब्द हटाएसँगै यो फिल्म नेपालमा रिलिज भएको हो। काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र साहले भारतमा पनि सीतालाई लिएर गरिएको संवाद हटाउनुपर्ने नत्र कुनै पनि भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका थिए।
विवाद अनि कमजोर माउथ पब्लिसिटीले नेपालमा यस फिल्मको व्यापारमा असर देखिएको छ। घरेलु बक्सअफिसमा भने फिल्मले १५० करोड भारतीय रुपैयाँको कमाई गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ओम राउत निर्देशित यो फिल्म रामायणमा आधारित छ।