PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

चर्को आलोचनापछि ‘आदिपुरुष’ टिमले हटाउँदै विवादित संवाद



पहिलोपोस्ट

चर्को आलोचनापछि ‘आदिपुरुष’ टिमले हटाउँदै विवादित संवाद

गत शुक्रवारदेखि प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादले घेरिएको छ। नेपालमा मात्र हैन भारतमा पनि फिल्ममा समावेश संवादबारे आलोचना भइरहेको छ। हिन्दु कट्टरपन्थीहरुले फिल्ममा प्रयोग गरिएका संवादले रामायणकै अपमान गरेको भनी विरोध जनाइरहेका छन्।

चर्को आलोचनापछि यस फिल्मका लेखक मनोज मुंतशिरले विवादित संवादहरु हटाउने ट्विटरमार्फत जानकारी दिएका छन्। दर्शकको भावनाभन्दा ठूलो केही नभएको बताउँदै फिल्म टिमले यो हप्ताभित्रै विवादित दृश्यहरु हटाउने निर्णय गरेको ट्विटमा उल्लेख छ।

‘मेरो लागि तपाईहरुको भावनाभन्दा ठूलो केही छैन। म मेरो संवादको पक्षमा अनगिन्ती तर्क दिन सक्छु। तर, यसले तपाईहरुको पीडा कम गर्दैन। म र फिल्मका निर्माता-निर्देशकले निर्णय गरेका छौं कि हामी विवादित केही संवादहरू परिमार्जन गर्नेछौ,’ उनले लेखेका छन्।

यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत रिट परेको छ। हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरेका थिए।

यी हुन् विवादित संवादहरु

  • कपडा तेरे बापका! तेल तेरे बापका! जलेगी भी तेरे बापकी।
  • तेरी बुआका बगीचा है क्या जो हवा खाने चला आया
  • जो हमारी बहनौंको हाथ लगाएका उनकी लंका लगा देंगे
  • आप अपने कालके लिए कालिन बिछा रहे हैं
  • मेरे एक सपोले ने तुम्हारे शेगनागको लम्बा कर दिया अभी तो पूरा पिटारा भरा पडा है



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell