PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

टेस्ट राष्ट्रविरुद्ध नेपालको बहादुरीपूर्ण ब्याटिङ, जिम्बावेलाई २ सय ९१ रनको चुनौती



पहिलोपोस्ट

टेस्ट राष्ट्रविरुद्ध नेपालको बहादुरीपूर्ण ब्याटिङ, जिम्बावेलाई २ सय ९१ रनको चुनौती
फोटो : आईसीसी

काठमाडौं : नेपालले क्रिकेट विश्वकप छनोटमा टेस्ट राष्ट्र जिम्बावेविरुद्ध बाहदुरीपूर्ण ब्याटिङ गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि सुरुवाती दुई ओभरमा नेपालले रन नै जोड्न नसके पनि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गर्दै नेपालको पारि उकासे।

शीर्षक्रमका ब्याट्सम्यानले बनाएको लयलाई मध्यक्रम र खासगरी तल्लको क्रमका ब्याट्सम्यानले निरन्तरता दिन भने सकेनन्। निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २ सय ९० रन बनायो।

ओपनर भुर्तेल ९९ रन बनाएर विलिङटन मासाकाड्जाको बलमा बोल्ड आउट हुँदा पहिलो विकेट निराशाजनक हिसावले गयो। ६६ रन बनाएका आशिफ शेखलाई पनि मासाकाड्जाले नै रायन बर्लबाट ३३.५ ओभरमा क्याच आउट गराउँदै जिम्बावेलाई ब्रेक थ्रु दिलाए।

तेस्रो विकेट कप्तान रोहितकुमार पौडेलको गयो। उनले ३१ रन बनाएर आउट हुँदा २ चौका र ३ छक्काको सहायतामा ४१ रन बनाएका युवा ब्याट्स म्यान कुशल मल्ल ठूलो सट खेल्ने सुरुमा टेन्डाइ छतराको बलमा क्याच आउट हुन पुगे। त्यस्तै पाँचौँ विकेटका रुपमा आरिफ शेख १० रन बनाएका क्याच आउट भए।

छैटौँ विकेटका गुलसन झा ४८.२ ओभरमा १३ रन बनाएर आउट हुँदा भीम सार्की ४८.३ बलमा क्याच आउट भए।

त्यस्तै, ६ रन बनाएका दीपेन्द्रसिंह ऐरी ४९.४ ओभरमा क्याच आउट भए। उनको छक्का प्रहारको प्रयास असफल भयो।

बलिङतर्फ जिम्बावेका रिचार्ड एनगाराभाले सर्वाधिक ४ विकेट लिँदा विलिङटन मासाकाड्जाले २ तथा टेन्डाइ छतारा र ब्लेसिङ मुजाराबानीले समान एक एक विकेट लिए।

जिम्बावे केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell