PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

भोलिबाट काठमाडौंका हलहरुमा 'आदिपुरुष' को प्रदर्शन रोकिने



पहिलोपोस्ट

भोलिबाट काठमाडौंका हलहरुमा 'आदिपुरुष' को प्रदर्शन रोकिने

काठमाडौं : भोलिदेखि काठमाडौं महानगरका हलहरुमा भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ। दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश संवाद नहटाएको भन्दै काठमाडौं महानगरले उक्त फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आदिपुरुषमा समावेश संवाद नहटाएकाले भोलिबाट महानगरका हलमा भारतीय चलचित्र प्रदर्शनमा निषेध गरिएको फेसबुकमा उल्लेख गरेका छन्।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ,’ उनले लेखेका छन्।

 

सीडीसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्यले पनि महानगर प्रहरीबाट भोलिदेखि ‘आदिपुरुष’ प्रदर्शन रोक्न आदेश आएको जानकारी दिए।

भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई ‘भारतकी छोरी’ भन्ने संवाद रहेको भन्दै नेपालमा फिल्म विवादित बनेको थियो। यद्यपि फिल्मको उक्त संवादलाई नेपालको सेन्सर बोर्डले हटाएको थियो। भारत लगायत अन्य ठाउँमा प्रदर्शन हुने फिल्मबाट उक्त संवाद हटाउनुपर्ने मेयर साहले जनाएका थिए। उनले आपत्तिजनक अंश हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell