काठमाडौं : गण्डकी प्रदेशका तीन जिल्लामा भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा गोरखाको बारपाक, लमजुङको खुदी, कास्कीको ज्यामिरेबारी र सिक्लेसमा भारी वर्षा मापन भएको उल्लेख छ।
राती साढे ८ बजेसम्मको मापन रेकर्डको आधारमा महाशाखाले सूचना जारी गरेको हो। सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ। साथै, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन पनि भनिएको छ।
असार ३ गते साँझ ८ः३० बजे,
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 18, 2023
पछिल्लो ३ घण्टामा गोरखाको बारपाक, लमजुङको खुदी, कास्कीको ज्यामिरेबारी र सिक्लेसमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बहाव (Flash Flood) तथा कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाऔँ।#SMS_Alert pic.twitter.com/xidORQM8Uq