PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

क्रोएसियालाई हराउँदै स्पेनलाई नेशन्स लिगको उपाधि



पहिलोपोस्ट

क्रोएसियालाई हराउँदै स्पेनलाई नेशन्स लिगको उपाधि
Photo: Spain FA

यूईएफए नेशन्स लिगको उपाधि स्पेनले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा क्रोएसियालाई हराउँदै स्पेन च्याम्पियन बनेको हो।

नेदरल्याण्ड्सको डे कुइप स्टेडियममा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर, अतिरिक्त समयमा पनि कुनै गोल हुन नसक्दा खेल पेनाल्टीसुटआउटमा पुग्यो।

पेनाल्टी सुटआउट क्रोएसियाका ब्रुनो पेटकोभिच र लोभरो मरेच चुक्दा स्पेनका ऐमेरिक लापोर्टे चुकेका थिए। बाँकी क्रोएसियाका तर्फबाट ४ र स्पेनले ५ गोल गर्‍यो। पेनाल्टी सुटआउटमा ५-० ले पराजित भएसँगै महत्वपूर्ण ट्रफी जित्नबाट क्रोएसिया फेरि चुकेको छ।

अर्कोतर्फ पछिल्लो ११ वर्षमा स्पेनले महत्वपूर्ण ट्रफी हातपारेको हो। यसअघि सन् २०१२ मा स्पेनले युरो कपको उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell