PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

लेबनानलाई हराउँदै भारतले जित्यो इन्टरकन्टिनेन्टल कपको उपाधि



पहिलोपोस्ट

लेबनानलाई हराउँदै भारतले जित्यो इन्टरकन्टिनेन्टल कपको उपाधि
तस्बिर : भारतीय फुटबल संघ

भारतीय फुटबल टोलीले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा लेबनानलाई २-० गोलअन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो। प्रतियोगितामा भारत, लेवनान, भानुआटू र मंगोलियाको सहभागिता रहेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४६ औँ मिनेटमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल लल्लियांजुआला छाङटेले ६५ औँ मिनेटमा गरे।

भारत पछिल्ला ६ खेलमा अपराजित छ। २१ तारिखबाट सुरु हुन लागेको साफ च्याम्पियनसिपमा भारत र नेपाल एकै समूहमा छन्। भारतको लयले नेपालको चुनौतीलाई थप बढाउने छ। साफको समूह 'ए' मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell