PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कर्णाली नदीमा जीप खस्यो : चालकले हाम फालेर ज्यान बचाए



पहिलोपोस्ट

कर्णाली नदीमा जीप खस्यो : चालकले हाम फालेर ज्यान बचाए

सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट सोमवार बिहान जीप कर्णाली नदीमा खसेको छ। हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २ २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए।

जीपमा चालकसहित १३ यात्रु सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

हुम्लाको च्याछरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो। उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ।

उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell