PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आम उपभोक्तालाई मूल्य अभिवृद्धि करको बारे बुझाउन जरुरी छ : अर्थमन्त्री महत



पहिलोपोस्ट

आम उपभोक्तालाई मूल्य अभिवृद्धि करको बारे बुझाउन जरुरी छ : अर्थमन्त्री महत

विराटनगर : अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए।

सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न उनले आग्रह गरे।

'कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन। जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला,’ उनले भने।

उनले बजेटले करको दायरा फराकिलो बनाएको भन्दै भने, 'यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो। तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ। आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell