PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनालाई सेनाको हेलिकोप्टरबाट गरियो उद्धार



पहिलोपोस्ट

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनालाई सेनाको हेलिकोप्टरबाट गरियो उद्धार

काठमाडौं : पाँचथरको याङवरक गाउँपालिका-१ फेदीमा पहिरोमा परेका १२ जनाको सकुशल उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट सोमवार बिहान उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई च्याङथापुस्थित विष्णु माविमा ल्याई सुरक्षित राखिएको छ। उद्धार गरिएकाहरुमा पाँचथर याङवरक गाउँपालिका-१ बस्ने नरमाया गुरूङ, सन्दीप गुरूङ, हिमा गुरूङ, कृष्णबहादुर गुरूङ, डिकमाया गुरूङ, काजुहाङ गुरूङ, सुनिता गुरूङ, मनबहादुर गुरूङ, मनकुमारी गुरूङ, सुस्मा गुरूङ, पदम बहादुर खालिङ र माया खालिङ रहेका छन्।

ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा सोमवार बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशर बहादुर राईको शव फेला परेको छ। साथै, सोही पहिरोमा परी घाइते भएका सुरेश राईको पनि निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell