PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

चितवनमा उच्च तापक्रमका कारण यो वर्ष मकै उत्पादन घट्ने



पहिलोपोस्ट

चितवनमा उच्च तापक्रमका कारण यो वर्ष मकै उत्पादन घट्ने

काठमाडौं : चितवन जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ। लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ।

केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार जिल्लामा ६ हजार ७३० हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको छ। तर, लामो समय पानी नपर्दा मकैका बोट सुकेका छन्। सिँचाइको व्यवस्था नभएको र उच्च तापक्रमका कारण पराग कण नष्ट हुँदा उत्पादन घट्ने उनको भनाइ छ।

गत वर्ष जिल्लामा २६ हजार ४७४ मेट्रिकटन मकै उत्पादन भएको थियो भने यो वर्ष उत्पादन १८ हजार ५३१ मेट्रिक टनमा सीमित हुने केन्द्रको अनुमान छ।

जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जाताका मकै लगाइँदै आएको छ। भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा मकै खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell