PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

तुम्लिङटार पुगेर प्रचण्डले लिए बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी



पहिलोपोस्ट

तुम्लिङटार पुगेर प्रचण्डले लिए बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

काठमाडौं : बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली सङ्खुवासभाको तुम्लिङटार पुगेको छ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ, प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि सहभागी छन्।

प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा छन्।

प्रधानमन्त्री प्रचण्डलाई सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको सभाहलमा गत शनिबार आएको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी दिइएको थियो। त्यसक्रममा प्रधानमन्त्रले उद्धार र राहतको अवस्थाबारे पनिा जानकारी लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell