PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

हुम्ला जीप दुर्घटना : घाइते चालकको उपचारका क्रममा मृत्यु



पहिलोपोस्ट

हुम्ला जीप दुर्घटना : घाइते चालकको उपचारका क्रममा मृत्यु

हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ। धनुषाको शान्तिपुर-२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२५ नम्बरको जीप सोमवार च्याछरास्थित कर्णाली नदीमा खसेको थियो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन्। उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ।

जीप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए। सो क्रममा उनी सख्त घाइते भएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell